एमालेले सार्वजनिक गर्‍यो एघारौँ महाधिवेशनको लोगो

एमालेले सार्वजनिक गर्‍यो एघारौँ महाधिवेशनको लोगो
53

काठमाडौं ।  नेकपा एमालेले मंसिर २७ गतेदेखि भक्तपुर र काठमाडौंमा हुने एघारौँ महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा आइतबार अध्यक्ष केपी शर्मा ओ‌लीले उक्त लोगो सार्वजनिक गरेका हुन् । एमालेले ल्याएको महाधिवेशनको लोगोमा धरहरालाई देख्न सकिन्छ । त्यसैगरी भक्तपुरस्थित विश्व सम्पदा सूचीको दरबार क्षेत्रलाई पनि लोगोमा समेटिएको छ। लोगोमा धरहरासँगै राष्ट्रिय झण्डा फहराइएको छ । अर्कातिर एमालेको रातो रंगको सूर्य चिह्न र हँसिया हथौडा पनि समेटिएको छ।

Related Post