एमालेलक्षित गगनको टिप्पणी : जबरजस्ती देशमा उत्तेजना फैलाउने कामको नेतृत्व गर्दैछ

23 November, 2025 168 Views
एमालेलक्षित गगनको टिप्पणी : जबरजस्ती देशमा उत्तेजना फैलाउने कामको नेतृत्व गर्दैछ
168

मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेलाई लक्षित गर्दै उत्तेजनाको नेतृत्व गरिरहेको टिप्पणी गरेका छन्। केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसले अब शान्तिको नेतृत्व गर्ने बताए। उनले भने, ‘केही राजनीतिक दल र समूहको तर्फबाट जबरजस्ती उत्तेजना फैलाउने, थप कतै प्रतिशोध र निषेधको भाव फैल्याउने काम भएको छ। 

देशलाई थप हिंसातर्फ लिएर जाने प्रवृत्तिहरू देखा परेका छन्। यस्ता गतिविधि जुन दल र समूहबाट भएपनि यो गलत छ भन्ने हाम्रो ठहर छ। हामी यसको विरुद्धमा हामी उभिन्छौँ। उनले एमालेलाई लक्षित गर्दै कुनै घृणा र उत्तेजनताको भाषा प्रयोग नगर्न आग्रह गरे। राजनीतिक दलहरूले आफ्नो गतिविधि गर्न कुनै अवरोध हुन नहुने समेत बताए।

Related Post