एमालेमा मनपरीतन्त्रका विरूद्ध लडाइँ जारी रहने छ : सुरेन्द्र पाण्डे

14 December, 2025 136 Views
एमालेमा मनपरीतन्त्रका विरूद्ध लडाइँ जारी रहने छ : सुरेन्द्र पाण्डे
136

मंसिर, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा मनपरीतन्त्रका विरूद्ध लडाइँ जारी रहेको बताएका छन्। आजको केन्द्रीय कमिटी बैठकले पुरानै विधान ब्युँताउने निर्णय गरेको थियो।

सोही सन्दर्भमा बोल्दै उपाध्यक्ष पाण्डेले भने, ‘के हाम्रा विधानहरू अस्थायी हुन्रु हिजो विधान अधिवेशनअगाडि संख्या घटाऔँ भन्ने, अनि आज फेरि कोटाका नाममा त्यही संख्या बढाऔँ भन्नेरु  यो सरासर मनपरी होइन भने के होरु’

उनले अहिले आएर विधान अधिवेशनको निर्णयविपरीत पदाधिकारी र केन्द्रीय सदस्यको आधार बढाइएको बताए। ‘यो मनपरीतन्त्रको विरुद्धको लडाइँ जारी छ। पार्टी विधान, विधि र प्रक्रिया अनुसार चल्नु अनिवार्य छ,’ महाधिवेशनस्थल भृकुटीमण्डपमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने।

Related Post