एनएमबि बैंकले ७ प्रतिशत नगद लाभांश दिने

08 October, 2026 133 Views
एनएमबि बैंकले ७ प्रतिशत नगद लाभांश दिने
133

 

काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। त्यस्तै, एनएमबि अविमोच्य असञ्चिति अग्राधिकार शेयरका लागि ८.२५ प्रतिशत नगद लाभांश दिने निर्णय भएको छ।

लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाको अनुमोदन आवश्यक पर्नेछ।

Related Post