एसीसी प्रिमियर कप : सन्दीपको कप्तानीमा नेपाली टोली मलेसिया जाँदै

14 August, 2026 85 Views
एसीसी प्रिमियर कप : सन्दीपको कप्तानीमा नेपाली टोली मलेसिया जाँदै
85

काठमाडौं । मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप क्रिकेटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुक्रबार बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले एक कार्यक्रम आयोजना गरी टोलीलाई बिदाइ गरेको हो ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोली आज भारत प्रस्थान गर्नेछ । प्रतियोगिताको तयारीका लागि नेपाली टोलीले भारतमा १० दिन प्रशिक्षण तथा अभ्यास गर्नेछ । त्यसपछि टोली भारतबाटै मलेसिया प्रस्थान गर्ने तालिका छ ।

एसीसी पुरुष प्रिमियर कपमा सन्दीपले पुनः नेपाली एकदिवसीय टोलीको कप्तानी सम्हाल्नेछन् । उनलाई रोहित पौडेलको स्थानमा कप्तान नियुक्त गरिएको हो ।

मलेसियामा हुने प्रतियोगिता नेपाली टोलीका लागि आगामी अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको तयारीसँगै आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । प्रतियोगितामार्फत नेपाली टोलीले एकदिवसीय क्रिकेटमा आफ्नो प्रदर्शन सुधार गर्ने लक्ष्य राखेको छ ।

Related Post