198
काठमाडौं । नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्का अब अन्तर्राष्ट्रिय रेमिट्यान्स ब्रान्डको ग्लोबल एम्बेसडर बनेका छन्। नेपाली स्वामित्वको डिजिटल रेमिट्यान्स कम्पनी आयो रेमिटले खड्कालाई आफ्नो ग्लोबल ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो।
बेलायत, अस्ट्रेलिया र क्यानडामा सेवा दिँदै आएको कम्पनीले छिट्टै युरोपमा समेत सेवा विस्तार गर्ने तयारी गरेको छ। बेलायतमा स्थापित नेपाली व्यवसायी कमल भण्डारी कम्पनीका अध्यक्ष हुन्।
कम्पनीका अनुसार पारससँगको सहकार्यले विश्वभर रहेका नेपाली समुदायसँगको सम्बन्ध थप बलियो बनाउनुका साथै सुरक्षित र कानुनी माध्यमबाट रेमिट्यान्स पठाउनेबारे जनचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। आयो रेमिटले डिजिटल प्रविधिमार्फत छिटो, सुरक्षित र सुलभ रेमिट्यान्स सेवा प्रदान गर्दै आएको जनाएको छ।