12
काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागमा फाजिलमा राखिएका १६७ जना सव–इन्जिनियर आन्दोलनमा उत्रिएका छन्। नयाँ संगठन तथा व्यवस्थापन (ओएन्डएम) संरचनाअनुसार ६५ प्रतिशत दरबन्दी कटौती गरी आफूहरूलाई फाजिलमा राखिएको भन्दै उनीहरूले चार दिनदेखि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय परिसरमा धर्ना दिइरहेका छन्।
आन्दोलनरत सव–इन्जिनियरहरूले आफूहरू स्थायी कर्मचारी भए पनि सरकारले अन्यायपूर्ण रूपमा फाजिलमा राखेको गुनासो गरेका छन्। उनीहरूका अनुसार नयाँ ओएन्डएम लागू भएपछि विभागमा ठूलो संख्यामा सव–इन्जिनियरको दरबन्दी कटौती गरिएको हो।
आन्दोलनका बीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार आन्दोलनरत कर्मचारीका प्रतिनिधिलाई छलफलका लागि बोलाएका छन्। आन्दोलनकारीले आफ्नो मागको सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।