गगन थापा नेतृत्व कांग्रेसको केन्द्रीय समितिको पहिलो बैठक ललितपुरमा सुरू

15 January, 2026 99 Views
गगन थापा नेतृत्व कांग्रेसको केन्द्रीय समितिको पहिलो बैठक ललितपुरमा सुरू
99

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक सुरू भएको छ । ललितपुरको कुपन्डोलस्थित म्याक्सिम्स बैंक्वेटमा केहीबेर अघिबाट बैठक सुरू भएको हो । संस्थापन पक्षले हिजो गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टीबाट निष्कासन गरेपछि विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । गगन आधिकारिकता दाबीसहित निर्वाचन आयोग जाने तयारीमा छन् । बैठकले आगामी रणनीति तय गर्ने जनाइएको छ ।

 

Related Post