4
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच मंगलबार भेटवार्ता भएको छ। विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा बिहान साढे ९ बजे दुई नेताबीच भेट भएको हो।
कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार भेटमा कांग्रेसभित्र देखिएको आन्तरिक विवाद र त्यसको समाधानका उपायबारे छलफल भएको थियो।
पार्टीभित्र पछिल्लो समय देखिएका मतभेदलाई कसरी समाधान गर्ने र पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने भन्ने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ।