167
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिने भएका छन्।
सभापति गगन थापासँग भएको भेटपछि रिजाल उम्मेदवारी फिर्ता लिन सहमत भएका हुन्। थापाले रिजाललाई उपसभापतिमा उम्मेदवारी नदिन आग्रह गर्दै महाधिवेशनपछि उपयुक्त जिम्मेवारी दिने आश्वासन दिएको बताइएको छ।
रिजालले थापासँग भएको भेट र उम्मेदवारी फिर्तासम्बन्धी कुराकानीको भिडियोसमेत आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेका छन्।
रिजालका स्वकीय सचिव जितेन्द्र ठकुरीका अनुसार सभापति थापाले सार्वजनिक रूपमा समेत रिजाललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। भेटका क्रममा पनि थापाले महाधिवेशनपछि उपयुक्त पदमा व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएपछि रिजाल उम्मेदवारी फिर्ता लिन तयार भएका हुन्।