काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसद बोलिरहेको समयमा गृहमन्त्री सुधन गुरुङ सभामुखको आसन र बोलिरहेका सांसदबीचबाट हिँडेको भन्दै नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले नियमापत्ति जनाएका छन्।
मंगलबारको बैठकमा नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल बोलिरहेका बेला गृहमन्त्री गुरुङ अगाडिबाट हिँडेका थिए। त्यसपछि महरले प्रतिनिधिसभा नियमावलीको नियम २० को व्यवस्था स्मरण गराउँदै सभामुखको ध्यानाकर्षण गराएका हुन्।
नियमावलीअनुसार सभामुखको आसन र बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने व्यवस्था छ। साथै, कुनै सदस्य बोलिरहेका बेला बाधा पुग्ने वा सदनको मर्यादा भंग हुने गतिविधि गर्न पनि निषेध गरिएको छ।
महरले यसअघि प्रधानमन्त्री बालेन्द्र शाहबाट समेत यस्तै नियम उल्लंघन भएको दाबी गर्दै सदनको मर्यादा कायम राख्न सबैलाई आग्रह गरेका छन्।