गण्डकीमा गाँजा खेतीको कानुन पारित

04 August, 2026 14 Views
गण्डकीमा गाँजा खेतीको कानुन पारित
14

काठमाडौं। गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्ने कानुनी आधार तयार भएको छ। प्रदेश सरकारले यससम्बन्धी विधेयकलाई अन्तिम रूप दिएसँगै गाँजा खेती नियमन र उपयोगका लागि कानुन लागू भएको हो।

'औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीको नियमन र उपयोगसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक' प्रदेश सभाबाट पुनः पारित भएपछि प्रदेश प्रमुखले प्रमाणीकरण गरेका छन्।

प्रदेश सभाले उक्त विधेयक पहिलोपटक असार २५ गते पारित गरी असार ३० गते प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाएको थियो। तर, प्रदेश प्रमुखले साउन ८ गते केही विषयमा पुनर्विचार गर्न सुझावसहित विधेयक प्रदेश सभामा फिर्ता पठाएका थिए।

त्यसपछि प्रदेश सभाले साउन १५ गते विधेयकलाई यथावत् पुनः पारित गरी प्रमाणीकरणका लागि पठाएको थियो। अन्ततः साउन १८ गते प्रदेश प्रमुखले विधेयक प्रमाणीकरण गरेसँगै गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्न कानुनी व्यवस्था लागू भएको हो।

हाल गण्डकी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार छ।

 
 
 

Related Post