गुण्डुमा ओलीको उपस्थितिले उत्साह बढायो, दुषप्रचारले कुनै असर पुर्‍याउन सक्दैन : महेश बस्नेत

24 September, 2025 124 Views
गुण्डुमा ओलीको उपस्थितिले उत्साह बढायो, दुषप्रचारले कुनै असर पुर्‍याउन सक्दैन : महेश बस्नेत
124

भक्तपुर । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले भक्तपुरको गुण्डुमा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा उपस्थितिले स्थानीय वातावरणमा उत्साह र चहलपहलको माहोल सिर्जना गरेको बताएका छन्। बस्नेतका अनुसार, गुण्डुका स्थानीय बासिन्दाले परम्परागत सत्कार र स्वागतको शैलीमा ओलीलाई आत्मीयतापूर्वक स्वागत गरेका छन्।

उनले थपे, केही सञ्चार माध्यम र व्यक्तिहरूद्वारा फैलाइएको दुषप्रचारले ओलीको व्यक्तिगत सम्मान वा जनसम्बन्धमा कुनै असर पार्दैन। बस्नेतले जनताले देखाएको आत्मीयतालाई वास्तविक प्रमाणको रूपमा मूल्याङ्कन गरेका छन्।
बस्नेतका अनुसार, असामान्य भेटघाट र चहलपहलले गुण्डुमा स्थानीय जनताको नेता–जनसम्बन्ध अझ प्रगाढ भएको देखाएको छ।

 

Related Post