गरिमा विकास बैंक लिमिटेड "बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२४" बाट सम्मानित भएको छ। न्यु बिजनेस एज लिमिटेडद्वारा मिति २०८१ वैशाख २५ गते, शुक्रबार काठमाडौंमा आयोजित 'न्युबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्ड्स' को दशौँ संस्करणमा यस विकास बैंकले सो अवार्ड प्राप्त गरेको हो।
माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा आयोजित अवार्ड वितरण समारोहमा आयोजकका तर्फबाट विकास बैंकलाई उक्त अवार्ड हस्तान्तरण गरिएको थियो। यस उपाधिले आफ्ना ग्राहकहरूलाई निरन्तर सरल, सुरक्षित, गुणस्तरीय एवं प्रविधिमैत्री सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यमा थप हौसला प्रदान गरेको छ। यस सुखद अवसरमा विकास बैंकलाई निरन्तर साथ, सहयोग एवं माया गर्नुहुने सम्पूर्ण ग्राहक महानुभावहरू, शेयरधनी महानुभावहरू, सम्पूर्ण कर्मचारीहरू, नियामक निकायहरू एवं शुभचिन्तकहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौं।
यस विकास बैंक भारतीय चेम्बर अफ कमर्सद्वारा अगस्ट २९, २०२३ मा आयोजित 'इमर्जिङ एसिया बैंकिङ अवार्ड' मा 'The Best Bank' र 'Best AI/ML Implementation' विधामा उत्कृष्ट सहित 'Best MSME Acceleration' विधामा रनर-अप र कर्पोरेट क्लब नेपालले फेब्रुअरी २५, २०२४ मा आयोजित अवार्ड समारोहमा 'the HRM Awards for Corporate Excellence 2024' बाट समेत सम्मानित भइसकेको छ।
हाल, गरिमा विकास बैंक लिमिटेडले देशभर १२३ शाखा कार्यालय, ५१ एटीएम एवं नवीनतम डिजिटल बैंकिङ मार्फत करिब ९ लाख ग्राहकहरूलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।