काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL) ले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न एघारौँ वार्षिक साधारण सभा बोलाएको छ।
लघुवित्तले आगामी कात्तिक १० गते मंगलबार धनकुटास्थित हिले कान्जिरोवा मकालु होटलमा साधारण सभा आयोजना गर्ने जनाएको छ। सभा बिहान ९ बजे सुरु हुनेछ।
सभामा गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिनेछ।
त्यस्तै, सभाले संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई आवश्यक अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावमाथि पनि निर्णय गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि गुराँस लघुवित्तले असोज २८ गते बुकक्लोज गर्ने भएको छ। त्यसअनुसार असोज २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।