गोसाइँकुण्डबाट फर्किँदा धुन्चे मार्ग प्रयोग नगर्न आग्रह

27 August, 2026 79 Views
गोसाइँकुण्डबाट फर्किँदा धुन्चे मार्ग प्रयोग नगर्न आग्रह
79

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गोसाइँकुण्ड पुगेका आन्तरिक तथा विदेशी पर्यटकलाई धुन्चेतर्फको नियमित मार्ग प्रयोग नगर्न आग्रह गरेको छ। अर्को सूचना जारी नभएसम्म सो मार्ग प्रयोग नगर्न मन्त्रालयले सचेत गराएको हो।

मन्त्रालयका अनुसार पर्यटकले गोसाइँकुण्ड–दुप्चेश्वर–काठमाडौं हुँदै वैकल्पिक मार्गबाट फर्कन सक्नेछन्। सुरक्षित यात्राका लागि पर्यटकलाई नियमित मार्गको सट्टा वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ।

Related Post