६ गते एमालेको प्रदर्शनपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : महेश बस्नेत

19 November, 2025 169 Views
६ गते एमालेको प्रदर्शनपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : महेश बस्नेत
169

कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आगामी ६ गते एमालेले गर्ने प्रदर्शनले सरकार ढाल्ने दावी गरेका छन् । उपत्यकास्तरको ठूलो सभा ११ गते भृकुटी मण्डपमा गर्ने उनले बताए ।

आज सिमरा जान नपाएपछि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बस्नेतले अध्यक्ष केपी ओलीको उपस्थितिमा युथ भोलेन्टियर्स फोर्स गठन हुने जानकारी दिए ।

उनले भने, ‘माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरिन्छ । कार्की बैंक्वैटमा अध्यक्षज्यूलाई बोलाएर युथ भोलेन्टियर्स घोषणा हुन्छ । ६ गतेको सभा व्यापक सफल भएपछि सुशील आमैले राजीनामा दिनुपर्छ भन्ने उनलाई थाहा छ ।’ अवैधानिक सरकार अहिले देखिनै हल्लिसकेको बस्नेतले दाबी गरे ।

Related Post