ग्यास आपूर्ति सहज बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाइँदै

12 August, 2026 5 Views
ग्यास आपूर्ति सहज बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाइँदै
5

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यासको आपूर्ति, वितरण र ढुवानीलाई पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली निर्माण गर्न लागिएको बताएकी छिन्।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित संरक्षण समितिको बैठकमा मन्त्री गौरीकुमारीले गुगल फाराममार्फत ग्यासको विवरण हेर्न सकिने प्रणाली सार्वजनिक गर्न लागिएको जानकारी दिइन्।

उनले आगामी २८ साउनदेखि सिंहदरबारमा खाद्यको स्टल सञ्चालन गरी खाद्यान्न बिक्री–वितरण गर्न लागिएको पनि बताइन्।

नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र साहले भने एक साताभित्र ग्यासको आपूर्ति सहज हुने दाबी गरेका छन्। उनका अनुसार मंगलबार मात्रै १३४ वटा ग्यास बुलेट नेपाल भित्रिएका छन्। यस्तै, २६ साउनसम्म ३४ लाख ग्यास सिलिन्डर नेपाल भित्रिएको उनले जानकारी दिए।

Related Post