ग्यास अभावले पढाइ प्रभावित भएको भन्दै नेविसंघको प्रदर्शन

18 August, 2026 75 Views
ग्यास अभावले पढाइ प्रभावित भएको भन्दै नेविसंघको प्रदर्शन
75

काठमाडौं । खाना पकाउने ग्यासको अभावका कारण विद्यार्थी समस्यामा परेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले खाली सिलिन्डर बोकेर सरकारविरुद्ध प्रदर्शन गरेको छ।

नेविसंघले ग्यास अभावले विद्यार्थीको दैनिक जीवनसँगै पढाइमा समेत असर परेको भन्दै मंगलबार त्रिचन्द्र क्याम्पस परिसरमा विरोध प्रदर्शन गरेको हो।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले ग्यास आपूर्तिको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले ‘नो लाइन भनेको होइन सरकार ? ग्यासमा लाइन किन देखियो ?’, ‘चुल्हो निभ्यो पढाइ रोकियो, सरकारको व्यवस्थापन कहाँ हरायो ?’, ‘विद्यार्थीको हातमा कलम चाहिन्छ, खाली सिलिन्डर होइन’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

नेविसंघले ग्यास अभावको समस्या तत्काल समाधान गरी विद्यार्थी तथा सर्वसाधारणलाई सहज रूपमा ग्यास उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ।

Related Post