56
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बुधबार वनस्थलीस्थित घण्टीघरमा सुरु भएको छ।
हालै सम्पन्न महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको दोस्रो बैठकमा महाधिवेशनको समीक्षा, संगठन सुदृढीकरण, आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जन, विभिन्न पदमा मनोनयन र आगामी राजनीतिक अभियानबारे विस्तृत छलफल भइरहेको छ।
बैठकमा पार्टीको भावी कार्ययोजना, संगठन व्यवस्थापन तथा समसामयिक राजनीतिक विषयहरू पनि एजेन्डाका रूपमा समावेश गरिएको रास्वपाले जनाएको छ।
बैठकको सुरुआतमा पार्टी सभापति रवि लामिछानेले पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीका समसामयिक विषयमा केन्द्रीय सदस्यहरूलाई ब्रिफिङ गरेका छन्।