हिमपातपछि बडीमालिकामा हराएका २० वर्षीय युवक मृत फेला

हिमपातपछि बडीमालिकामा हराएका २० वर्षीय युवक मृत फेला
56
 

काठमाडौं । बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा भारी हिमपातपछि सम्पर्कविहीन भएका एक युवक मृत फेला परेका छन्।

मृत्यु हुनेमा कञ्चनपुरको बेदकोट नगरपालिका–दैजीका २० वर्षीय मनिष बोहरा रहेका छन्।

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार शुक्रबारदेखि सम्पर्कविहीन बोहराको खोजीका लागि हेलिकप्टरमार्फत सुरक्षाकर्मीको टोली परिचालन गरिएको थियो। खोजीका क्रममा उनी त्रिवेणी पाटन नजिकै मृत फेला परेका हुन्।

यसअघि हिमपातका कारण बडीमालिकामा अलपत्र परेका कञ्चनपुरकै २१ वर्षीय सागर कार्कीलाई शनिबार हेलिकप्टरमार्फत उद्धार गरी मार्तडी ल्याइएको थियो।

 

Related Post