हमासबाट थप १३ जना इजरायली बन्दी रिहा

13 October, 2025 107 Views
हमासबाट थप १३ जना इजरायली बन्दी रिहा
107

असोज, काठमाडौं ।  हमासले थप १३ जना इजरायली बन्दी रिहा गरेको छ । हमासले सोमबार अन्तर्राष्ट्रिय रेडक्रसमार्फत थप १३ जना बन्दीलाई इजरायली सेनाको जिम्मा लगाएको हो ।

यसअघि सोमबार नै हमासले ७ जना बन्दी रिहा गरेको थियो । योसँगै अब हमाससँग कोही पनि जीवित बन्दी नरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गरी २ सय ५० भन्दा धेरैलाई अपहरण गरी गाजा क्षेत्रमा लगेको थियो ।

Related Post