हमासको कब्जामा परेको भनिएका बिपिन जोशी जीवित नरहेको पुष्टि

13 October, 2025 360 Views
हमासको कब्जामा परेको भनिएका बिपिन जोशी जीवित नरहेको पुष्टि
360

असोज, काठमाडौं । हमासको कब्जामा परेका नेपाली बिपिन जोशी अब जीवित नरहेको इस्रायली अधिकारीको पुष्टि गरेका छन्। इस्रायली प्रधानमन्त्री कार्यालयका अधिकारी र इस्रायली सेनाका कमाण्डरहरूले अमेरिकामा भएका जोशीकी आमा र बहिनीलाई र नेपालमा रहेका आफन्त किशोर जोशीलाई यो जानकारी दिएका हुन्। इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले टेलिफोनमार्फत् जानकारी दिँदै भने,इस्रायली अधिकारीहरूले बिपिन जोशी जीवित नरहेको औपचारिक रूपमा परिवारलाई सूचित गरेका छन्।

जोशी सन् २०२३ अक्टोबरमा इस्रायलमा कृषि अध्ययनका लागि गएको क्रममा हमासको आक्रमणमा बेपत्ता भएका थिए। उनले अध्ययन गरिरहेको दक्षिण इस्रायलको खेत क्षेत्रमा हमासको हामलापछि उनलाई अपहरण गरी गाजा लगिएको आशंका गरिएको थियो। नेपाल सरकारले बिपिनको उद्धारका लागि विभिन्न तहमा पहल गरेको भए पनि आजसम्म उनको अवस्थाबारे स्पष्ट जानकारी आउन सकेको थिएन। आजको आधिकारिक सूचनासँगै उनको मृत्युको पुष्टि भएको छ।

Related Post