मंसिर, काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आन्दोलनमा प्रहरीलाई निशाना बनाउने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताएका छन् । आइतबार काठमाडौंको बौद्धमा पुन निर्मित प्रहरी कार्यालयको उद्घाटन गर्दै कार्कीले आन्दोलनमा शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीलाई नै निशाना बनाउने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताए । उनले चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाउने देखिएको गुनासो गरे ।
नागरिक र प्रहरीको साझेदारीपूर्ण सहभागिताले नै मुलुकभरमा शान्ति सुरक्षा कायम हुने भएकाले नागरिक र प्रहरीको सम्बन्धलाई प्रगाढ गर्दै अघि बढ्न निर्देशन दिए । आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण भए तापनि अन्ततः शान्ति सुरक्षा कायम गर्न प्रहरी नै आवश्यक पर्छ भन्ने हेक्का सबैलाई भएको उनले बताए ।
जने(जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त भएको बौद्ध प्रहरी कार्यालयको पुन निर्माण गरिएको हो । रासस