पौष, काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान–ECAN) को २०औँ साधारणसभा तथा महाधिवेशन नजिकिँदै जाँदा संगठनभित्र नेतृत्व चयनलाई लिएर बहस र सक्रियता तीव्र बनेको छ। आगामी पुस २८ गते हुने निर्वाचनमार्फत नयाँ नेतृत्व चयन हुने तयारी भइरहँदा काभ्रे जिल्लाका युवा शैक्षिक परामर्श व्यवसायी नवराज नेपाल (NABU) ले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय रहँदै आभएका नवराज नेपालले काभ्रे जिल्लामा ईक्यानको संगठन विस्तार, सदस्यहरूबीच एकता मजबुत बनाउने कार्य तथा कानुनी प्रक्रिया र लाइसेन्स व्यवस्थापनलाई व्यवस्थित गर्न उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन्। उनको सक्रियताले जिल्लास्तरमा ईक्यानको उपस्थिति र प्रभाव उल्लेखनीय रूपमा बढेको व्यवसायीहरूको भनाइ छ।
उम्मेदवारी घोषणा गर्दै नवराज नेपालले संघभित्र युवा नेतृत्वलाई निर्णायक भूमिकामा पुर्याउने, सदस्य–मैत्री सेवा प्रणाली विकास गर्ने तथा स्पष्ट नीति नियमलाई व्यवहारमा उतार्दै ईक्यानलाई अझ व्यावसायिक, पारदर्शी र उत्तरदायी संस्थाका रूपमा अघि बढाउने उनको प्रतिबद्धता रहेको छ ।
ईक्यानको आगामी निर्वाचनमा अध्यक्ष पदका लागि दीपकराज भुषाल र लक्ष्मण पौडेल नेतृत्वका दुई प्यानलबीच प्रतिस्पर्धा हुने निश्चित भइसकेको छ। यसैबीच, केन्द्रीय सदस्य पदमा युवा र अनुभवी उम्मेदवारहरूको बढ्दो उपस्थितिले संगठनभित्र नयाँ ऊर्जा, आशा थपिएको छ ।