इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा कांग्रेस उम्मेदवार विनिता खड्का पक्राउ

10 October, 2026 220 Views
इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा कांग्रेस उम्मेदवार विनिता खड्का पक्राउ
220

काठमाडौं । इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउ परेकी छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खड्कालाई पक्राउ गरेको हो । सीआईबीकी एआईजी उमा चतुर्वेदीले खड्का पक्राउ परेको जानकारी दिएकी हुन् ।

खड्का कांग्रेसको जारी १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार हुन् । महाधिवेशनअन्तर्गत मतदान सम्पन्न भइसकेको छ भने उनको नतिजा आउन बाँकी छ ।

इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा यसअघि पनि प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको थियो । यही प्रकरणमा सीआईबीले ज्ञानबहादुर कार्की, शिवराम श्रेष्ठ, कांग्रेस नेता भरतप्रसाद चौलागाईं र दोलखाकी बालिका शिवाकोटीलाई पक्राउ गरेको थियो ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

Related Post