103
पौष, काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को नयाँ नेतृत्वको लागी भएको निर्वाचनमा आगामी कार्यकालका लागि लक्ष्मण पौडेल ‘एन्ड्रयु’ को नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। अध्यक्षका अर्का प्रतिद्वन्द्वी दिपकराज भुसाललाई ८४ मतले पराजित गर्दै पौडेल अध्यक्ष निर्वाचित भएका हुन् । त्यस्तै तीन जना उपाध्यक्षमा वासुदेव दाहाल, विकल्पराज पोखरेल र गीता सिवाकोटी निर्वाचित हुँदा महासचिवमा भारी मतान्तर सहित भवनाथ हुमगाईँ निर्वाचित भए।
त्यस्तै सचिवमा सुरज सिलवाल र आसिक कार्की निर्वाचित हुँदा कोशाध्यक्षमा साधना पुडासैनी र सह कोशाध्यक्षमा गोविन्द खनाल निर्वाचित भए।
कार्यसमिति सदस्यहरूमा अनन्तराज घिमिरे, उद्धव वन, विवेक बस्नेत, दामोदर शर्मा, अशोक हात्ती, दिनेश पौडेल, सञ्जीव पाण्डे, शिव प्रसाद अर्याल र कमल प्रसाद तिमल्सिना निर्वाचित भएका छन् ।