इक्यानको आगामी निर्वाचनमा अध्यक्ष पदका लागि लक्ष्मण पौडेलको उम्मेदवारी

06 January, 2026 186 Views
इक्यानको आगामी निर्वाचनमा अध्यक्ष पदका लागि लक्ष्मण पौडेलको उम्मेदवारी
186

काठमाडाैं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को आगामी नेतृत्वका लागि वर्तमान प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रयू) ले अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।

शैक्षिक परामर्श व्यवसायमा २० वर्षभन्दा बढी अनुभव राख्ने एन्ड्रयू गुणस्तरीय शिक्षा प्रदान गर्न सदैव समर्पित व्यक्तित्वका रूपमा परिचित छन्। उनी ग्रेस इन्टरनेशनल ग्रुपका निर्देशक समेत रहेका छन् र शैक्षिक परामर्श कम्पनीहरूको सुधार र व्यावसायिकताका न्याय तथा संरक्षणका लागि पूर्ण रूपमा वकालत गर्ने व्यक्ति हुन्।

आफ्नो व्यवसायिक सफलतासँगै उद्योगका टिम सदस्यहरू र साथीहरूको प्रशिक्षण तथा विकासमा सक्रिय पौडेल गत निर्वाचनमा लोकप्रिय मतका साथ उपाध्यक्ष पदमा निर्वाचित भएका थिए। उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका एन्ड्रयूले आगामी निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिनु स्वाभाविक र संस्थाको राम्रो संगठन निर्माणको सिद्धान्तअनुसार भएको बताएका छन्।

उनी इक्यानजस्तो ठूलो सदस्य संगठनलाई सहयोग र सुधार गर्न सक्षम व्यक्ति रहेको भन्दै, आगामी अधिवेशन यही २८ पौषमा सम्पन्न हुने तयारी भइरहेको छ।

Related Post