इलाममा बोलेरो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

26 October, 2026 49 Views
इलाममा बोलेरो दुर्घटना :  चालकको घटनास्थलमै मृत्यु
49

काठमाडौं । इलाममा बोलेरो जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीका अनुसार सोमबार बिहान देउमाई नगरपालिका–१, चमैतास्थित चौरीबजार जाँदै गरेको जिप अनियन्त्रित भई सडकबाट खसेको हो । दुर्घटनामा देउमाई नगरपालिका–१, चमैताका २१ वर्षीय चालक विपिन दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

Related Post