इनड्राइभ चढ्दा सुन जित्ने मौका, ५ राइड पूरा गरेपछि लक्की ड्रमा सहभागी

05 October, 2026 67 Views
इनड्राइभ चढ्दा सुन जित्ने मौका, ५ राइड पूरा गरेपछि लक्की ड्रमा सहभागी
67

काठमाडौँ । राइड सेयरिङ प्लेटफर्म इनड्राइभले दशैं–तिहारलाई लक्षित गर्दै ‘सुनको सवारी’ नामक विशेष क्याम्पेन सार्वजनिक गरेको छ। यात्रुलाई थप आकर्षित गर्ने उद्देश्यसहित सुरु गरिएको यो अभियान ६ सातासम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ‘सुनको सवारी’ क्याम्पेन अक्टोबर १ देखि नोभेम्बर ११, २०२६ सम्म सञ्चालन हुनेछ। अभियानमा सहभागी यात्रुले राइड पूरा गरेको आधारमा ५ ग्रामको सुनको सिक्का, सामसुङ स्मार्ट टीभी र स्मार्टवाच जित्ने अवसर पाउनेछन्।

अभियानअन्तर्गत एक सातामा ५ वा सोभन्दा बढी राइड पूरा गर्ने यात्रु ५ ग्राम सुनको सिक्काको लक्की ड्रमा सहभागी हुन पाउनेछन्। त्यस्तै, कम्तीमा ३ राइड पूरा गर्ने यात्रु ३२ इन्चको सामसुङ स्मार्ट टीभीका लागि योग्य हुनेछन् भने एक वा सोभन्दा बढी राइड पूरा गर्नेले स्मार्टवाच जित्ने अवसर पाउने कम्पनीले जनाएको छ।

इनड्राइभले ६ साताको अवधिमा ६ वटा ५ ग्रामका सुनका सिक्का, ६ वटा सामसुङ स्मार्ट टीभी र १२ वटा स्मार्टवाच वितरण गर्ने जनाएको छ।

इनड्राइभ नेपालकी मार्केटिङ म्यानेजर श्रेया मानन्धरले दशैं–तिहारको यात्रालाई थप रमाइलो र विशेष बनाउने उद्देश्यले ‘सुनको सवारी’ क्याम्पेन ल्याइएको बताइन्।

कम्पनीका अनुसार अभियानसँग सम्बन्धित गतिविधि, प्रचार सामग्री तथा विजेताको घोषणा सामाजिक सञ्जाल, डिजिटल सामग्री र इन्फ्लुएन्सरमार्फत गरिनेछ।

Related Post