जेनजी आन्दोलनका कारागारबाट फरार भएका एक जना सर्लाहीबाट पक्राउ

05 July, 2026 113 Views
जेनजी आन्दोलनका कारागारबाट फरार भएका एक जना सर्लाहीबाट पक्राउ
113

जेनजी आन्दोलनका क्रममा काठमाडौंस्थित केन्द्रीय कारागारबाट फरार भएका एक जना सर्लाहीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–१ निवासी २६ वर्षीय रामलाल योन्जन ९रमन० रहेका छन् ।


प्रहरीका अनुसार योन्जन गत २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जगन्नाथ देवलस्थित ९सुन्धारा० केन्द्रीय कारागार काठमाडौंबाट फरार भएका थिए । उनी डाँका चोरी मुद्दामा कारागार चलान भएका थिए  । फरार भएपछि उनको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ । सोही क्रममा सर्लाहीमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई गत शुक्रबार साझ पक्राउ गरिएको हो ।

पक्राउ परेका योन्जनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारागार कार्यालय सर्लाहीमा बुझाइएको प्रहरीले जनाएको छ ।

Related Post