45
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ। बिहीबार सम्पन्न खेलमा जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले हराएको हो।
काठमाडौंले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। जनकपुरका मोइन अलीले अविजित ५८ रन बनाउँदा सैफ हसनले नटआउट ४० रन जोडे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा ११५ रनमै अलआउट भएको थियो। उसका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए भने राशिद खानले १७, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन जोडे।
जनकपुरका राहुल यादवले सर्वाधिक ४ विकेट लिए। सैफ हसनले २ तथा हरमीत सिंह, मोइन अली र ललित राजवंशीले १–१ विकेट लिए।
यसअघि पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले दोस्रो खेलमा जित निकाल्दै प्रतियोगितामा पुनरागमन गरेको छ।