जनकवि दुर्गालाल श्रेष्ठको मंगलवार मात्रै अन्तिम संस्कार हुने

17 August, 2026 57 Views
जनकवि दुर्गालाल श्रेष्ठको मंगलवार मात्रै अन्तिम संस्कार हुने
57

काठमाडौं । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको पार्थिव शरीरको अन्त्येष्टि मंगलबार बिहान गरिने भएको छ। श्रेष्ठको गएराति बुढानीलकण्ठस्थित आफ्नै निवासमा ९३ वर्षको उमेरमा निधन भएको हो।

परिवारका केही सदस्यहरू विदेशमा रहेकाले उनीहरू नेपाल आएपछि मंगलबार बिहान ९ बजे शवयात्रासहित शोभा भगवतीस्थित घाटमा श्रेष्ठको अन्तिम संस्कार गरिने उनी निकट पत्रकार केके मानन्धरले जानकारी दिएका छन्।

नेपाल भाषा परिषद्ले करिब दुई दशकअघि श्रेष्ठलाई ‘जनकवि’को उपाधिबाट सम्मान गरेको थियो। पछिल्लो ६ दशकभन्दा लामो समयदेखि साहित्य सिर्जनामा सक्रिय श्रेष्ठले नेपाल भाषाका साथै नेपाली भाषामा समेत कविता, गीतलगायत विभिन्न विधामा कलम चलाएका थिए।

नेपाल भाषामा उनका एक दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशित छन्। साहित्य क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप उनलाई विसं २०१० मा ‘जगदम्बाश्री’ पुरस्कार प्रदान गरिएको थियो।श्रेष्ठको निधनसँगै नेपाल भाषा तथा नेपाली साहित्यले एक वरिष्ठ स्रष्टा गुमाएको छ।

Related Post