जेसीज राष्ट्रिय अध्यक्षका लागि जीवन कार्कीको उम्मेद्धारी घोषणा

04 November, 2025 201 Views
जेसीज राष्ट्रिय अध्यक्षका लागि जीवन कार्कीको  उम्मेद्धारी घोषणा
201

कार्तिक,काठमाडौं। नेपाल जेसीज वर्ष २०२६ का लागि राष्ट्रिय अध्यक्ष पदमा जेसी जीवन कार्कीले उम्मेद्धारी घोषणा गरेका छन् । उनी जेसीजका अनुभवी र सक्रिय नेताका रुपमा परिचित छन् ।  उनी वर्ष २०२६ का लागि उनी रामेछाप जेसीजका आधिकारिक उम्मेदवारका रूपमा प्रतिस्पर्धामा उत्रिएका हुन् ।

कार्कीले आफ्नो उम्मेद्धारी अभियानलाई ‘प्रोजेक्ट सङ्कल्प २०२६ एकताको सङ्कल्प, रूपान्तरणको यात्रा’ नाम दिएका छन् । सो अभियानको मूल नारा ‘लक्ष्य राखौँ, कार्य गरौँ, सफलता हासिल गरौँ’ रहेको छ ।

उनका अनुसार नेतृत्व पद होइन, जिम्मेवारी र रूपान्तरणको प्रक्रिया हो । ‘स्पष्ट लक्ष्य बनाएर दृढताका साथ अघि बढे मात्रै साझा सफलता सम्भव हुन्छ,‘ उनले भने ।कार्कीले जनकपुरमा हुने नेपाल जेसीजको ५२ औँ राष्ट्रिय अधिवेशनमा आफ्नो दृष्टि, रणनीति र कार्य योजना प्रस्तुत गर्ने तयारी गरेका छन् ।

सङ्गठनभित्र एकता र साझा दृष्टिकोण स्थापना, पारदर्शिता र जवाफदेहीतालाई संस्थागत बनाउने ,युवा नेतृत्व विकास र महिला सशक्तीकरणमा जोड ,अध्यायबिच सहकार्य र साझा प्रगति सुदृढ गर्ने र नेपाल जेसीजलाई राष्ट्र निर्माणमा प्रेरक सङ्गठनका रूपमा स्थापित गर्ने सङ्कल्पका प्रमुख उद्देश्यसहित उनी उम्मेद्धारीको तयारी गरिहरहेका छन् । 

रामेछापबाट जेसीज यात्रा सुरु गरेका कार्की सन् २०१५ मा सदस्य बनेका थिए । उनले क्रमशः २०२१ मा शाखा अध्यक्ष, २०२२ मा राष्ट्रिय उपाध्यक्ष र २०२३ मा कार्यकारिणी उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । ५१ औँ अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार बनेका बेला उनले ‘मन जिते तर मतले हारे’ भन्ने उपमा पाएका थिए ।

 

Related Post