मंसिर, काठमाडौं । काभ्रेपलाञ्चोक क्षेत्र नम्बर–१ मा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय सदस्य गणेश लामालाई प्रत्यक्ष तर्फको प्रमुख उम्मेदवारका रूपमा सिफारिस गरेको छ। नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र–१ को बैठकलेक्षेत्रीय सभापति दिनेश लामाको अध्यक्षतामा बसेको बैठकमा जिल्ला तथा पालिका तहका नेताहरूको उपस्थिति थियो। बैठकले लामालाई क्षेत्र–१ मा कांग्रेसको सबभन्दा बलियो दाबेदारका रूपमा अघि सार्दै सिफारिस गर्ने निर्णय गरेको हो।
प्रत्यक्ष तर्फ सिफारिसमा गणेश लामासँगै गुणराज मुक्तान, तिर्थ ब. पसखल, बिदुर बस्नेत र रसिला खनाल (महिला) का नाम पनि समावेश गरिएका छन्। यसैगरी समानुपातिक तर्फ हर्षजित लामा (आ.ज), ललिता किङरिङ (आ.ज) महिला, हरि बहादुर बल (आ.ज।), मिरा नेपाली (दलित), उद्धव कोईराला (अपांग) र बाबुराम गिरी (अल्पसंख्यक) लाई सिफारिस गरिएको छ।
त्यस्तै राष्ट्रियसभाका लागि ईन्द्रमणी अधिकारी र ईश्वरी प्रसाद ओझालाई उम्मेदवारका रूपमा सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ। यी सबै सिफारिसहरू प्रदेश समितिमा पठाइनेछन् र अन्तिम निर्णय भने पार्टीको केन्द्रीय समितिले लिनेछ। काभ्रे–१ मा गणेश लामाको सिफारिस सार्वजनिक भएको खबरसँगै स्थानीय राजनीतिको ताप झनै बढेको देखिन्छ।