राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगेका छन्।
कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि सानेपास्थित पार्टी कार्यालयमा राखिएको छ। सोही क्रममा श्रद्धाञ्जली अर्पण गर्न लामिछाने कांग्रेस कार्यालय पुगेको उनको सचिवालयले जनाएको छ।
श्रद्धाञ्जली कार्यक्रममा रास्वपा सभापति लामिछाने कांग्रेस सभापति गगन थापासँग पनि भेटिएका थिए।
वरिष्ठ नेता श्रेष्ठको मंगलबार दिउँसो ललितपुरस्थित हेलियस अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।