कांग्रेस महामन्त्रीमा डिला संग्रौलाको झिनो अग्रता, डिना १३ मतले पछाडि

11 October, 2026 147 Views
कांग्रेस महामन्त्रीमा डिला संग्रौलाको झिनो अग्रता, डिना १३ मतले पछाडि
147

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिलातर्फको महामन्त्री पदको मतगणनामा डा. डिला संग्रौला पन्तले झिनो अग्रता लिएकी छन्।

हालसम्म गणना भएको २ हजार २३१ मतमध्ये संग्रौलाले ९६५ मत प्राप्त गरेकी छन् भने महालक्ष्मी उपाध्याय डिनाले ९५२ मत ल्याएकी छन्। उनीहरूबीच १३ मतको अन्तर छ।

त्यस्तै, रिता खनालले २५१ मत प्राप्त गरेकी छन्। कुल ७ हजार ४३ मत खसेकामा अझै ४ हजार ८१२ मत गणना हुन बाँकी छ। मतगणना जारी छ।

Related Post