165
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत समावेशी समूहको उपसभापति पदको मतगणनामा विनोद चौधरीले अग्रता कायम राखेका छन्।
पछिल्लो मतपरिणामअनुसार चौधरीले ७५१ मत प्राप्त गरेका छन् भने उनलाई जीवन परियारले ७२० मतसहित पछ्याइरहेका छन्।
त्यस्तै, सीता गुरुङले ४३०, फरमुल्लाह मन्सुरले ३७१ र रञ्जित कर्णले २२८ मत प्राप्त गरेका छन्।
महाधिवेशनमा कुल ७ हजार ४३ मत खसेको थियो। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।