कांग्रेस महाधिवेशन : शुक्रबार बिहान ७ बजेदेखि मतदान

08 October, 2026 65 Views
कांग्रेस महाधिवेशन : शुक्रबार बिहान ७ बजेदेखि मतदान
65

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि शुक्रबार बिहान ७ बजेदेखि मतदान हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै मतदानको समय सार्वजनिक गरेको हो ।

निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालका अनुसार प्राविधिक तथा सुरक्षाजन्य कारणले बिहीबार मतदान गर्न सम्भव नभएपछि शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु गर्ने निर्णय गरिएको हो ।

‘प्राविधिक समस्या हुने देखिएपछि हामीले भोलि बिहानै ७ बजे मतदान सुरु गर्ने निर्णय गरेका हौँ,’ उनले भने, ‘राति अबेरसम्म मतदान गर्दा सुरक्षाका हिसाबले तथा बत्ती काटिनेलगायतका कारणले असहज परिस्थिति सिर्जना हुने देखियो ।’

उनका अनुसार मतदानका लागि आवश्यक नमुना मतपत्र निर्वाचन समितिले प्राप्त गरिसकेको छ । समितिले मतदानलाई व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्ने तयारी गरेको जनाएको छ ।

Related Post