कांग्रेस महाधिवेशनमा मतदानको गति, साढे १२ बजेसम्म २ हजार ६४४ मत

09 October, 2026 163 Views
कांग्रेस महाधिवेशनमा मतदानको गति, साढे १२ बजेसम्म २ हजार ६४४ मत
163

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा शुक्रबार दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खसेको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ७ बजेदेखि सुरु हुने भनिएको मतदान करिब एक घण्टा ढिलो गरी सुरु भएको थियो।

मिडिया सेन्टरका प्रमुख जीवन भण्डारीका अनुसार कोशी प्रदेशबाट ४१०, सुदूरपश्चिम र कर्णालीबाट संयुक्त रूपमा ६०६, लुम्बिनीबाट ३८९, गण्डकीबाट ३३०, बागमतीबाट ४८७ र मधेश प्रदेशबाट ४२२ मत खसेको छ।

महाधिवेशन प्रतिनिधिहरूले सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य चयन गर्न मतदान गरिरहेका छन्।

मतदानका लागि दुई स्थानमा व्यवस्था मिलाइएको छ। खुलामञ्चमा कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरूले मतदान गरिरहेका छन्। बागमती प्रदेशका प्रतिनिधिहरूका लागि भने प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा मतदान केन्द्र तोकिएको छ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य निर्वाचित हुनेछन्।

Related Post