कांग्रेस महाधिवेशनमा मतदानको समय दुई घण्टा थपियो

09 October, 2026 140 Views
कांग्रेस महाधिवेशनमा मतदानको समय दुई घण्टा थपियो
140

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय दुई घण्टा थप गरिएको छ ।

यसअघि दिउँसो ३ बजेसम्मका लागि तोकिएको मतदानको समय बढाएर साँझ ५ बजेसम्म कायम गरिएको हो ।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले सूचना जारी गर्दै मतदानको समय थप गरिएको जानकारी दिएका छन् ।

Related Post