कांग्रेसको मतगणनामा विवाद, मतपेटिका हराएको र सिलबन्दी तोडिएको आरोप

10 October, 2026 113 Views
कांग्रेसको मतगणनामा विवाद, मतपेटिका हराएको र सिलबन्दी तोडिएको आरोप
113

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणनाका क्रममा विवाद भएको छ ।

शनिबार दिउँसो सुरु भएको मतगणनाका क्रममा एउटा मतपेटिका नभेटिएको र दुईवटा मतपेटिकाको सिलबन्दी तोडिएको भन्दै उम्मेदवार तथा प्रतिनिधिले प्रश्न उठाएका हुन् ।

स्रोतका अनुसार मतदानस्थलबाट ल्याइएको भनिएको एक मतपेटिका फेला नपरेपछि र अन्य दुई मतपेटिकाको सिलबन्दीमा समस्या देखिएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् ।

विवादपछि मतगणनाको प्रक्रिया र मतपेटिकाको सुरक्षाबारे प्रश्न उठेको छ । यस विषयमा निर्वाचन समितिको आधिकारिक धारणा भने स्पष्ट हुन बाँकी छ ।

Related Post