कांग्रेसको नयाँ नेतृत्व छान्न मतदान, ८१ वर्षीय बरालले हाले पहिलो मत

09 October, 2026 178 Views
कांग्रेसको नयाँ नेतृत्व छान्न मतदान, ८१ वर्षीय बरालले हाले पहिलो मत
178

 

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि शुक्रबार बिहान १० बजेदेखि मतदान सुरु भएको छ।

मतदानमा कास्की क्षेत्र नम्बर २ का ८१ वर्षीय महाधिवेशन प्रतिनिधि शोभाचन्द्र बरालले पहिलो मत खसालेका छन्। मतदानका लागि प्रतिनिधिहरू बिहानैदेखि लाइनमा बसेका थिए।

यसअघि बिहान ७ बजेदेखि मतदान गर्ने कार्यतालिका रहे पनि भारी वर्षा र प्राविधिक तयारीका कारण तीन घण्टा ढिलाइ भएको थियो। बिहीबारका लागि तय गरिएको मतदानसमेत मतपत्र छपाइ तथा निर्वाचन सामग्री व्यवस्थापनमा ढिलाइ भएपछि हुन सकेको थिएन।

निर्वाचन समितिका अनुसार मतदान बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्ने तालिका छ। महाधिवेशनका ७ हजार २५५ प्रतिनिधिले सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य चयनका लागि मतदान गर्नेछन्।

मतदानका लागि राष्ट्रिय सभागृह र खुलामञ्चमा केन्द्र तोकिएको छ। मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने निर्वाचन समितिको तयारी छ।

Related Post