कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन

28 July, 2026 170 Views
कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन
170

काठमाडौं, साउन १२ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ। ८३ वर्षका श्रेष्ठको मंगलबार जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले सामाजिक सञ्जालमार्फत श्रेष्ठको निधन भएको जानकारी दिएका हुन्। उनका अनुसार बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म श्रद्धाञ्जली अर्पणका लागि श्रेष्ठको पार्थिव शरीर नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा राखिनेछ।

त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम तय गरिएको मेखलालले उल्लेख गरेका छन्।

उल्लेखनीय छ, कांग्रेस सभापति गगन थापाले साउन ७ गते गोपालमान श्रेष्ठलाई पार्टीको वरिष्ठ नेतामा मनोनयन गरिएको घोषणा गरेका थिए।

Related Post