कांग्रेस नेताहरुका अनुसार सभापति देउवालाई संकटको बेलामा बचाएर जानुपर्ने विचार उनी पक्षीय नेताहरूले राखेका छन् ।
प्रदर्शनकारीले दोस्रो दिन देउवा निवास बुढानीलकण्ठमा आगजनी र तोडफोड गरी देउवा दम्पत्ति माथि कुटपिट गरेका थिए ।
कुटपिटबाट घाइते बनेका देउवा दम्पत्तिको सेनाको रेखदेखमा उपचार भइरहेको छ । सभापति उपचाररत रहेकै बेला पार्टीका कुन रुपमा अघि बढ्ने भनेर अहिले नै चर्चा गर्न आवश्यक नहुने उनी पक्षीय नेताहरुको छ ।
सुदूरपश्चिमका सभापति एवं देउवा निकट नेता वीरबहादुर बलायर पार्टी अघि कसरी बढ्ने अहिले चर्चा गरिसक्ने बेला नभएको बताउँछन् । उनी भन्छन्,‘सभापतिले उपचार गरिरहनु भएको छ । उपचारबाट निस्केपछि उहाँको कुरा पनि सुन्नुपर्यो । उहाँको विचार सुनेपछि के गर्नेबारे छलफल बल्ल सुरु हुन्छ ।’
पार्टी नेताहरुका अनुसार दोस्रो विकल्पका रुपमा उपसभापति खड्कालाई सभापति देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी दिनुपर्ने विचारहरु पनि आएका छन् ।
म नागरिकले तीन दलका मूल तीन नेता नचाहेको हुँदा व्यक्ति परिवर्तन हुँदा त्यसले एउटा सन्देश दिन सकिने उक्त पक्षधरको धारणा रहेको नेताहरु बताउँछन् ।