कुलमानले बालेनलाई भने– ‘साधारण उपकरण र दक्ष टोलीबाटै सुरुङ उद्धार सम्भव’

कुलमानले बालेनलाई भने– ‘साधारण उपकरण र दक्ष टोलीबाटै सुरुङ उद्धार सम्भव’
70

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी रसुवा बाढीपछिको उद्धार तथा राहतबारे छलफल गरेका छन्। घिसिङले सुरुङभित्र फसेकाहरूको उद्धारका लागि विशेष प्रविधि नभई दक्ष उद्धार टोली र आवश्यक उपकरणबाटै काम गर्न सकिने सुझाव दिएका छन्।

प्रधानमन्त्रीसँगको भेटमा आफ्नो पार्टीका तर्फबाट लिखित तथा मौखिक सुझाव दिएको घिसिङले बताए। विशेषगरी सुरुङभित्र थुनिएका व्यक्तिको उद्धार कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको उनको भनाइ छ।

घिसिङका अनुसार उद्धारका लागि जेसीबी, स्काभेटर र ड्रिलिङ मेसिनजस्ता भारी उपकरण घटनास्थलसम्म पुर्‍याउनु मुख्य चुनौती हो। त्यसका लागि आवश्यक हेलिकप्टरसहितका साधन तत्काल परिचालन गर्नुपर्ने उनले बताए।

बाढीका कारण उद्धार कार्य सुरु गर्न केही ढिलाइ भएको उल्लेख गर्दै घिसिङले उपलब्ध जनशक्ति र स्रोतसाधन अधिकतम परिचालन गर्नुपर्नेमा जोड दिए।

उनले आवश्यक परे विदेशबाट समेत उपकरण ल्याएर उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएका छन्।

Related Post