20
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको गोलीकाण्डमा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २१ वर्षीय रवीन्द्रकुमार मेहता रहेका छन्।
दुई समूहबीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएका मेहताको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उपचारका क्रममा उनको बायाँ खुट्टा काटिएको थियो।
यससँगै कप्तानगञ्ज घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ। यसअघि साउन १० गते २५ वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो भने २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएको थियो।
घटनामा घाइते भएका अन्य व्यक्तिहरूको काठमाडौं र विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।