करेन्ट लागेर चितवनमा ३८ वर्षीय चेपाङको मृत्यु

करेन्ट लागेर चितवनमा ३८ वर्षीय चेपाङको मृत्यु
85

काठमाडौं । चितवनको शक्तिखोरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कालिका नगरपालिका–९, शक्तिखोर सम्फराका ३८ वर्षीय मनिराज चेपाङ रहेका छन्।

प्रहरीका अनुसार मंगलबार राति आफ्नै घरमा विद्युत् लाइनको काम गर्ने क्रममा चेपाङलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि स्थानीय क्लिनिकतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

Related Post