मनाङमा थुनिएको मर्स्याङ्दी खोल्न ब्लास्ट गरिँदै

मनाङमा थुनिएको मर्स्याङ्दी खोल्न ब्लास्ट गरिँदै
83

काठमाडौं । मनाङको चामेमा पहिरोका कारण थुनिएको मर्स्याङ्दी नदीको पानीको बहाव खोल्न प्रशासनले ब्लास्ट गर्ने तयारी थालेको छ।

नदी थुनेको पहिरो हटाउन मंगलबारदेखि दुईवटा डोजर प्रयोग गरिएको छ। डोजरले लेदो र ठूला ढुंगा हटाइरहेका छन्।

लगातारको वर्षापछि ठाडो खोलामा आएको बाढी र पहिरोसँगै ठूलो मात्रामा ढुंगा र माटो खस्दा मर्स्याङ्दी नदी थुनिएको थियो। नदी थुनिएपछि चामेमा पानी जमेर ताल बनेको छ। केही घर, होटल र मोटरेबल पुलसमेत डुबानमा परेका छन्।

नदीको पानी केही बगे पनि निकास अझै सहज भएको छैन। त्यसैले पहिरोभित्र रहेका ठूला ढुंगामा प्वाल पारेर विस्फोट गराउने तयारी गरिएको प्रशासनले जनाएको छ।

प्रशासनले नदीको बहाव र पहिरोको अवस्था निरन्तर निगरानी गरिरहेको छ।

Related Post