सिन्धुलीमा जिप २० मिटर तल खस्यो, ८ जना घाइते

30 September, 2026 122 Views
सिन्धुलीमा जिप २० मिटर तल खस्यो, ८ जना घाइते
122

बीपी राजमार्गमा जिप सडकबाट तल खस्दा ८ जना घाइते भएका छन्।

बुधबार बिहान काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको जिप सिन्धुलीको सुनकोशी गाउँपालिका–३, गणेशथानमा अनियन्त्रित भएको थियो। त्यसपछि जिप सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा बेथानचोक गाउँपालिका–१ का ८ जना घाइते भएका छन्। उनीहरूलाई उद्धार गरेर उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ।

जिप चालक नारायण बस्नेत भने सकुशल छन्। दुर्घटना कसरी भयो भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

Related Post